राजनीति

बुद्धकाे दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए।

'बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यस्का लागि ज्ञान र मन चाहिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ। हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ। दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ।'

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मङ्सिरमा हुने तेस्रो दीक्षान्तका लागि दुई सय ८५ विद्यार्थीको ‘ग्रेस लिस्ट’का साथै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।

प्रकाशित: ९ भाद्र २०८१ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App