राजनीति

संसदीय समितिमा आज बयान दिँदै लामिछाने

सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ। 

उनलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएको छ। लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ।

सूर्यदर्शन, सानोपाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका लागि समितिले लामिछानेलाई बोलाएको हो। समितिले आरोपितसँग बयान लिने क्रम अन्तिम चरणमा पुर्‍याएको छ। चाँडै बयान सकेर प्रतिवेदन तयार पार्ने समितिको तयारी छ।

प्रकाशित: ७ भाद्र २०८१ ०६:१४ शुक्रबार

#Rabi Lamichhane