राजनीति

कांग्रेस सांसदको खबरदारीस् टिआरसीले पीडितलाई झन पीडा नहोस्

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद विष्णुदेवी पुडासैनीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित मैत्री हुनुपर्ने बताएकी छिन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन । संसदबाट पारित भई कार्यान्वयन जाँदा पीडितलाई झनै पीडा दिने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराइन। उनले आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पत्ति गुमाएका सबैले न्यायको महसुस हुने परिस्थिति बन्ने वातावरण सिर्जना गर्न आग्रह गरिन । 

उनले  पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात् व्यवस्था परिवर्तन भए पनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित हुनुभएका नागरिकहरूको पीडामा भने मल्हम लगाउन नसकिएको उल्लेख गरिन। सांसद पुडासैनीले काठमाडौं महानगर र सङ्घीय सरकारको द्वन्द्वका कारण काठमाडौं सहर खाल्डो सहर बन्दै गएको बताइन । काठमाडौंलाई सुन्दर सहर बनाउन संघ सरकारले महानगरसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन । 

प्रकाशित: २ भाद्र २०८१ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App