राजनीति

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्टाउनु पर्छ: सांसद शेर्पा

राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताएका हुन।उनले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताए।

उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भई मुद्दा उठाउनुपर्ने बताए । उनले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसूचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए।

सांसद शेर्पाले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय रुपमा दह्रोसँग उपस्थित हुने गरी अघि बढ्न जरुरी रहेको बताए। उनले जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्टाउनुपर्ने बताए। 

प्रकाशित: २ भाद्र २०८१ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App