राजनीति

जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकारविरुद्ध सिट्ठी जुलुस

मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ।

जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी सङ्गठनले संयुक्त रुपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो।

आफूहरूले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि आफूहरूको माग नसुनेकाले सिट्टी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए। 

उनले मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजीनामा माग गरे। जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध रयाली मधेस भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थीहरू प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन्।

प्रकाशित: २८ श्रावण २०८१ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App