राजनीति

नेपाललाई शान्ति चाहिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताउँदै मुलुकलाई कुनैपनि द्वन्द्वमा फस्न नदिने बताएका छन्।

बुधबार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन्।

‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस्। त्यसमा हामी सजग छौँ। द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन। यस्तो कुराहरु देशको हितमा हुँदैन।’ उनले भने।

विधिको शासन भन्दा पर जान नसक्ने उल्लेख गर्दे प्रधानमन्त्री ‌ओलीले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएपनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए। उनले संवैधानिक कानूनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने उल्लेख गरे।

संघीयताको प्रभावकारी कार्यान्वयन भएका कमी हटाएर प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने उनकाे भनाइ थियाे।

प्रकाशित: २३ श्रावण २०८१ १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App