राजनीति

भुटानी शरणार्थीको फाइल खुलेर बेचन झा समातिने बित्तिकै समिकरणनै फेरबदल भयो: सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कांग्रेस–एमाले  नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

नयाँ सरकार आउँदछ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपदका यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै कांग्रेस एमालेप्रति आक्रोश व्यक्त गरे ।

उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताए ।सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठुला दलहरूले गरेको पनि आरोप लगाए । 

प्रकाशित: २५ असार २०८१ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App