राजनीति

मधेसको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

मधेस प्रदेसको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन्।

शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंहले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए।  

प्रकाशित: २५ जेष्ठ २०८१ १२:३९ शुक्रबार

#Madhes Province #MP Satish Kumar Singh