राजनीति

सरकारको प्राथमिकता सुशासन : कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सुशासन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै कार्कीले सुशासन सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन्।

कार्कीले प्रदेश संरचनालाई स्थापित गर्ने दाबी पनि गरे। मुख्यमन्त्री कार्कीले सरकारको  दोस्रो प्राथमिकता नै प्रदेश संरचना स्थापित गर्नु रहेको बताउँदै जनताले महसुस गर्ने गरी प्रदेश सरकारलाई स्थापित गर्ने स्पष्ट पारे।

उनले भने, ‘हाम्रो दोस्रो एजेन्डा नै प्रदेश संरचनालाई स्थापित गर्नु हो। जनताले बुझ्न सक्ने, महसुस गर्न सक्ने गरी प्रदेश  संरचना स्थापित गर्छौं।’ प्रदेशमा देखिएका समस्या सहमतीय बाटोबाटै हल गर्न सकिने कार्कीले बताए। उनले भने, ‘सहमतिबाहेक यसमा अर्को विकल्प छैन। सबैको सहकार्य हुने गरी सहमति गर्न सरकार तयार छ।’

एकीकृत समाजवादी पार्टीसँग दूरी बढाउने पक्षमा सरकार नरहेको उनले बताए। मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण आउँदो साढे तीन वर्ष र नयाँ निर्वाचनमा समेत सँगै बढ्ने बताए।

उनले भने, ‘अहिलको जुन सत्ता समीकरण बनेको छ, यो नयाँ शक्ति सन्तुलनको सुरुआत फागुन २१ बाट भएको छ। यसले आउँदो साढे तीन वर्ष र निर्वाचनपछि पनि सँगै जान तयारी गरेका छौं। यो समीकरण हामी टुट्न दिँदैनौं।’

प्रकाशित: ४ जेष्ठ २०८१ १९:२३ शुक्रबार

Koshi Chief Minister Hikmat Karki the government's priority is good governance