राजनीति

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो। 

संसद् सचिवालयले सूचना टाँसेर बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। 

सहमति जुटाउन दलहरु अहिले आ-आफ्नो छलफलमा जुटेका छन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ। हिजो सांसदबीच धकेलाकेलको अवस्था समेत बनेको थियो।

प्रकाशित: ४ जेष्ठ २०८१ १२:५३ शुक्रबार

#Meeting of the House of Representatives