राजनीति

प्रतिनिधि सभा बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद सचिवालयले दिउँसो चार बजे बैठक बस्ने भनिए पनि पाँच बजिसक्दा समेत संसद बैठक सुरु भएको छैन।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो चार बजे सारिएको थियो। तर बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।

संसदीय छानबिन समिति बनाउने विषयमा शीर्ष नेताहरूबिच पटक पटक छलफल भइरहेको छ। तर त्यसमा भने सहमति जुट्न सकेको छैन। त्यसपछि भने कांग्रेसले संसद् अवरुद्ध गर्ने अडान कायमै राखेको छ। 

प्रकाशित: ३ जेष्ठ २०८१ १७:०२ बिहीबार

#Meeting of the House of Representatives