गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
तर कांग्रेसले भने मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको बताउँदै आएको छ।
प्रकाशित: २५ वैशाख २०८१ १२:४५ मंगलबार