राजनीति

रास्वपाले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने, मन्त्रालय सघाउ समूह बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरेको छ। साथै जान्नेलाई छान्ने पार्टीको अवधारणा लागु गर्दा समावेशीतालाई मध्यनजर गर्दै ‘मेरिटोक्रेसी’लाई प्रमुख मानेर अघि बढने बताएको छ।

रास्वपाले आइतबार आफ्नो पार्टीले नेतृत्व गरेका मन्त्रालयहरुको एक साताको काम, अनुभव र कमजोरीको समिक्षा गर्दै यस्तो निर्णय गरेको हो।

यसैगरी सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय बैठकले गरेको छ।

रास्वपाको प्रत्येक आइतबार ४ जना मन्त्री र उपसभापति डा. स्वर्णीम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सांसद शिरि खनालको उपस्थितमा बैठक गर्ने जनाएकाे थियाे। त्यही निर्णयअनुसार याे बैठक बसेकाे हाे।

यसैगरी मन्त्रालयहरुलाई सहयोग गर्न विज्ञ र अनुभवीहरुको सघाउ समूह बनाउने निर्णय पनि बैठकले गरेको छ।  

रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा गएको छ। रबि उपप्रधानसहित गृहमन्त्रालयको नेतृत्वमा गएका छन् भने शिक्षा, खेलकुद, श्रम रोजगार मन्त्रालयको नेतृत्व पनि रास्वपाका अन्य सदस्यले गरेका छन्।  

प्रकाशित: ४ चैत्र २०८० १३:११ आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)