राजनीति

कुमारी लक्ष्मी राईद्वारा राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

राष्पतिका लागि उम्मेद्वारी दर्ता गराउँदै काँग्रेसकी कुमारी लक्ष्मी रार्इ । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – नेपाली काँग्रेसकी कुमारी लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेकी छिन्। 

रार्इले चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चाैधरी, देवेन्द्र राज कणेल, सुरेन्द्र राज पाण्डेकाे प्रस्तावना तथा सुजता परियाार, शिवचन्द्र चाैधरी, सरिता प्रसार्इ, राधा घले, मेखलाल श्रेष्ठकाे समर्थनमा राष्ट्रपतिका लागि उम्मेद्वारी दर्ता गराएकी हुन् । 

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बुधबार राईलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको हो । 

रार्इ शहीद देवानसिंह राईकी सुपुत्री  हुन् ।

 

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०६:३५ बुधबार

कुमारी लक्ष्मी राईद्वारा राष्ट्रपतिमा उम्मेद्वारी दर्ता