राजनीति

‘माल्दिभ्समा अधिनायकबादी शासनको खतरा’

काठमाडौं – नेकपा मसालले माल्दिभ्समा उत्पन्न राजनीतिक संकटले प्रजातन्त्र धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मसालका महामन्त्री मोहनविक्रम सिंहले माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले देशको संसदलाई निलम्बन गरेर संकटकाल लगाउने र न्यायाधीशलाई गिरफ्तार गर्ने काम गरेर प्रजातन्त्रलाई धरापमा पारेको भन्दै चिन्ता व्यक्त गरेका हुन।

माल्दिभ्समा राष्ट्रपतिविरुद्ध सर्वोच्चले गरेको फैसला स्वीकार गर्ने प्रहरीको निर्णयपछि यामिनले आइजीपीलाई बर्खास्त गरेका छन् भने आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई समेत नियन्त्रणमा लिई नजरबन्दमा राखेका छन्।

माल्दिभ्समा विकसित यस किसिमको घटनाले अधिनायकबादी शासन कायम हुने खतरा देखिएको भन्दै मसालले त्यस्तो कार्यको निन्दा समेत गरेको छ। 

प्रकाशित: २३ माघ २०७४ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App