राजनीति

काम चलाउ अवधिका सबै निर्णय नयाँ सरकारले पुर्नविचार गर्नेछः ओली (अपडेट)

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले काम चलाउ अवधिमा गरेका सबै निर्णयहरु नयाँ सरकारले पुर्नविचार गर्ने बताएका छन् । 
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले बिहीवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘नयाँ सरकारले यसबीचमा भएका सबै निर्णय पुर्नविचार गर्नेछ । अनैतिक, अनुचित कामहरु भएका छन् । यस्ता कामहरुमाथि पुर्नविचार गर्नेछ । संविधान विपरित भएका सबै कामहरु पुर्नविचार गर्नेछ ।’

एमालेका अापत्ति

  • जेष्ठ नागरिक भत्ताका लागि उमेर घटाउने,
  • प्रहरीमा एआईजीको दरबन्दी थप्ने,
  • शेयर बजारमा भ्याट नीति लगाएर अात‌ंकित पार्ने 
  • ६० अर्ब खर्चेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिने
  •  राजदूतलाई प्रचारमा उतार्ने  

कांग्रेस नेतृत्वको अहिलेको सरकार सत्तामा टिकीरहन जालझेल र तिकडम गरेको बसेको पनि ओलीले बताए । 
देउवा सरकारले आफूले चुनाव नजितेपछि देशलाई आर्थिक संकटमा फँसाउने गरि असंवैधानिक, अनैतिक र अनुचित निर्णयहरु गर्दै गएको बताए । जेष्ठ नागरिक भत्ताका लागि उमेर घटाउने, प्रहरीमा एआईजीको दरबन्दी थप्ने, शेयर बजारमा भ्याट नीति लगाउने, कर्मचारीलाई स्वेच्छिक अवकाश दिने, राजदूतलाई प्रचारमा उतार्ने जस्ता कामहरुमा ओलीले आपत्ति जनाए । 

 

प्रकाशित: ११ माघ २०७४ ११:४७ बिहीबार

काम चलाउ अवधिका सबै निर्णय सरकारले पुर्नविचार गर्नेछः ओली अपडेट