राजनीति

उदयपुर २ मा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

विजयीपछि माला र खादा पहिरिएका हिमाल (बीच), नारायण बुर्जा (दायाँ) र कला घले बाँया । तस्विरः महेश्वर

उदयपुर–उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार सुरेशकुमार राई हिमाल विजयी भएका छन् । राईले आफ्ना प्रतिद्वन्द्वी भन्दा पाँच हजार बढी मत २२ हजार ५ सय ५१ ल्याएका छन् । राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कार्कीले १५ हजार ४ सय ५१ मत प्राप्त गरे। यो क्षेत्रमा ४२ हजार ९ सय १० मत खसेको थियो । विजयी भएका राई माओवादीका स्थायी समिति सदस्य हुन् । 

त्यसैगरी २ नम्बरका दुवै प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । २ (क) बाट माओबादीका नारायण बुर्जामगर ९ हजार ८ सय ५९ मत ल्याएर विजयी भएका छन् भने २ (ख) मा एमालेकी कला घले १३ हजार ४ सय ५९ मत सहित विजयी भइन् । मगरका प्रतिद्वन्द्वी कांग्रेसका भेषबहादुर मगरले ५ हजार ९ सय ३४ मत पाएका छन् । घलेका प्रतिद्वन्द्वी कांग्रेसकै रामकुमार खत्रीले ८ हजार ९ सय ७६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

प्रकाशित: २४ मंसिर २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App