राजनीति

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव विष्णु पौडेल विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका युवराज गिरीलाई पराजित गरेका हुन्। पौडेलले ४४००९ मत प्राप्त गरेका छन् भने गिरीले २१९४६ मत प्राप्त गरे।

प्रकाशित: २३ मंसिर २०७४ २०:०४ शनिबार

रुपन्देही एमालेका विष्णु पौडेल