राजनीति

गोरखा १ ख मा एमालेका बस्नेत बिजयी

गोरखा-  प्रतिनीधि सभा १ को ख प्रदेशमा  नेकपा एमालेका रामशरण बस्नेत बिजयी भएका छन्। बिजयी बस्नेतले नेपाली कांग्रेसका उमेद्धवार राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले पराजित गरेका हुन् । ३१ हजार एक सय आठ मत खसेको उक्त प्रदेशमा बस्नेतलाई १६ हजार छ सय ५६ र बजगाईलाई १३ हजार एक मत खसेको थियो ।

बिजयी बस्नेत नेकपा एमालेको केन्द्रिय सदस्य हुन् भने यस अघि दुई कार्यकाल गोरखा जिल्ला अध्यक्ष थिए । २०४९ र ५४ मा उनी दुई पटक गाविस अध्यक्ष समेत बनेका थिए । एमालेको संगठन बिस्तार र सुधारमा गोरखामा अहम भुमिका खेलेका उनी पार्टी भित्र यस अघिका दुईवटै निर्वाचनमा पराजित भएका हुन् भने अबसर लिनबाट पनि बञ्चित नेताका रुपमा चिनिन्छन् । खरो स्वभावका बस्नेतले बिकास र समृद्धीलाई मूख्य ऐजेण्डा बनाएर अगाडी बढ्ने बताए ।

उनले उत्तरी दुर्गम बस्तीमा तीन महिनामा एक पटक जसरी पनि पुग्ने बताए । साथै उनले दुर्गम बिकट क्षेत्रको बिकासमा आफु लागि पर्ने बताएका छन् । समग्र मुलुकको बिकास निर्माण गर्न सबै दलको आवस्यक्ता पर्ने भएकाले सबै दल एक भएर लाग्यौँ भने जिल्लाको समृद्धी गर्न सक्छौँ, आर्थिक रुपमा जनतालाई सबल बनाउनमा ध्यान केन्द्रित गर्ने बस्नेतले प्रतिबद्धता जनाए । उनले भने ‘सडक सञ्जाल, पर्यटन बिकास र राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजना निर्माणलाई गती दिने, भुकम्प पिडितलाई छाना भित्र राख्ने कुरालाई प्रथामिकतामा राखेको छु ।’

 

प्रकाशित: २३ मंसिर २०७४ १४:१० शनिबार

गोरखा एमालेका बस्नेत बिजयी