राजनीति

माधवकुमार नेपाल दोब्बर मतले विजयी

एमाले नेता माधवकुमार नेपाल

काठमाडौं—काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे। विवेकशील साझा पार्टीका डा.सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन्। कुल ५२ हजार १३५ मत खसेको थियो।

 

प्रकाशित: २३ मंसिर २०७४ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App