राजनीति

गोरखा-२ मा नयाँ शक्तिले खाता खोल्यो

हरिशरण अाचार्य । तस्विरः नरहरि

गोरखा— निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले तीन हजार दुई सय ७८ मतान्तरले माओवादी केन्द्रका उमेद्धवार कमला नहर्कीलाई पराजित गरेका हुन्।

आचार्यको १५ हजार तीन सय ४३ र नहर्कीको १२ हजार ६५ मत आएको छ । उक्त प्रदेशमा २९ हजार एक सय ४५ मत खसेको थियो । जसमा एक हजार ६७ मत फरक बदर भएको छ । आचार्य माओवादी युद्धका बेला लडाकुको भुमिका थिए । द्धन्द्धकै क्रममा उनको हातको औँला समेत गुमेको थियो । बाबुराम भट्टराई सँग निकट रहेका उनी नयाँ शक्ति पार्टी स्थापना हुँदा भट्टराई सँग थिए।

लोकतान्त्री गठबन्धनमा कांग्रेस सँग सहकार्य गरेको नयाँ शक्तिले गोरखामा प्रदेश सभा सदस्यमा उनी मात्रै उमेद्धवार हुन् भने प्रतिनीधि सभा सदस्यमा गोरखा २ मा बाबुराम भट्टराई अगाडी छन् ।

प्रकाशित: २३ मंसिर २०७४ १०:२२ शनिबार

गोरखा-२ शक्तिले खाता खोल्यो