राजनीति

बाजुरामा एमालेको ‘क्लिन स्विप’

बाजुरा-  पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाजुरामा नेकपा (एमाले) विजयी भएको  । १ वटा निर्वाचन क्षेत्र रहेको बाजुरामा २ प्रदेश सहीत तीन वटै क्षेत्रमा बाम गठबन्धन विजयी भएको हो।

प्रतिनिधिसभा सदस्यमा एमालेका लालबहादुर थापा २८०६५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कविराज पण्डित २३१८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् ।

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका प्रकाश शाह विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवार एवं एमाले बैकल्पिक केन्द्रीय सदस्य अछाम जिल्ला इन्चार्ज समेत रहेका शाहले १८१८६ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेपाली काँग्रेसका पदम बहादुर शाहीलाई ३२०९ मत अन्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी शाहीले १४९७७ मत प्राप्त गरेका छन् । पराजित शाही काँग्रेस महासमिति सदस्य हुन् ।

तीन नगरपालिका र २ गाउँपालिका रहेको उक्त क्षेत्रमा ३३९४९ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा नयाँ शक्तिका सूज्र्या चदाराले १२८, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका प्रकाश विकले ८९ मत ल्याएका छन्।

                यसैगरी प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एमालेका बल्देव रेग्मी विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवार एवं एमाले पार्टी सचिव रेग्मी ९८४० मत ल्याएर विजयी भएका हुन्।

उनले नेपाली काँग्रेसका जनकराज गिरीलाई १५३९ मत अन्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी गिरीले ८३०१ मत प्राप्त गरेका छन् । पराजित गिरी कांग्रेस पूर्व भूमिसुधार सहायकमन्त्री हुन्।

एक नगरपालिका र ३ गाउँपालिका रहेको उक्त क्षेत्रमा १८९९६ मत खसेको थियो। रेग्मीले कुल खसेको मतको करिब ५२ प्रतिशत मत प्राप्त गरेका हुन् । उक्त निर्वाचनमा नयाँ शक्तिका नरेन्द्र रोकायाले १७७, स्वतन्त्र उम्मेदवार टिकाराज गिरीले ६२ मत ल्याएका छन्।

काँग्रेसले स्थानीय तहमा नौ मध्ये ६ मा जित हात पारेपनि प्रदेश र प्रतिनिधि सभामा बाम गठबन्धनले एकलौटी जित हात पारेको छ। विजयी घोषणा पछि एमालेले मार्तडी बजारमा नारा जुलुस सुरु गरेको छ । भने जिल्ला बाहिरबाट पनि कार्यकर्ता थपिन थालेका छन् । आजै साँझबाट समानुपाति तर्फको मत गणना सुरु भएको छ।

प्रकाशित: २२ मंसिर २०७४ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App