राजनीति

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा-पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । 
मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेकी थिइन् । मतदान गरे लगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै कुमालको मृत्यु भएको हो । (रासस)

प्रकाशित: २१ मंसिर २०७४ ०६:३१ बिहीबार

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु