राजनीति

धनकुटामा २० प्रतिसत मतदान

धनकुटा– धनकुटामा १२ बजेसम्म २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यलय धनकुटाका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए । १ लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा अहिले १ सय ५३ मतदान केन्द्रवाट मतदान भइरहेका छन् ।
धनकुटामा बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र राईले पाख्रीबास नगरपालिकाको सरस्वती मावि मतदान केन्द्र र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापाले पाख्रीबास नगरपालिकाको सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गरेका छन् ।
    त्यस्तै प्रदेस सभाका बाम गठबन्धन उम्मेदवार निरन राईले खाल्सा छिन्ताङ शहीभुमी गाउँपालिकाको छिन्ताङ मावि मतदान केन्द्रबाट र ईन्द्रमणी पराजुलीले महालक्ष्मी नगरपालिकाको पारीखाप्रङ मतदान केन्द्रमा मतदान गरेका छन् ।
    लोकतान्त्रिक गठबन्धनका प्रदेससभा उम्मेदवार मनोहरनारायण श्रेष्ठले धनकुटा नगरपालिकाको आँखा अस्पताल मतदान केन्द्र र अर्जुन थापाले पाख्रीबास नगरपालिकाको सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गरेका छन् ।
   

प्रकाशित: २१ मंसिर २०७४ ०६:२७ बिहीबार

धनकुटामा २० प्रतिसत मतदान