राजनीति

विजुक्छेले गरे मतदान

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालय भक्तपुर मतदान केन्द्रमा बिहान १० बजे मतदान गरेका हुन् । यो भक्तपुर क्षेत्र नं १ मा पर्छ ।
पाँंच पटक भक्तपुर क्षेत्र नं १ मा उम्मेदवार बनेर निरन्तर विजयी भई रेकर्ड राखेका उनले यो पटक उम्मेदवारी दिएनन् । यो क्षेत्रमा पार्टीबाट पार्टी सचिव प्रेम सुवालले उम्मेदवारी दिएका छन् ।
मतदान सकेपछि पत्रकारसँग कुराकानी गर्दै उनले नयाँ पुस्ता तयार रहेकाले आफूले उम्मेदवारी नदिई नयाँं पुस्तालाई उभ्याएको दोह¥याए । नयाँं पुस्ताले अझ बढी देश र जनताको सेवा गर्नसक्ने भएकाले अझ बढी मतका साथ पार्टीका उम्मेदवार विजयी हुने दाबी उनले गरे । उनले पद, पैसा र प्रतिष्ठाका लागि उम्मेदवार बनेकालाई निचेर सच्चा रुपमा देश र जनताको निस्वार्थ सेवा गर्ने उम्मेदवार र पार्टीका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरे ।

प्रकाशित: २१ मंसिर २०७४ ०६:२४ बिहीबार

विजुक्छेले गरे मतदान