राजनीति

पूर्व एआइजी राई नयाँ शक्तिबाट अलग

काठमाडौं- नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य तथा नेपाल प्रहरीका पूर्व एआइजी गणेश राईले पार्टी छाडेका छन्। अनुशासन र निष्ठा नेतृत्वको गुणमा हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न नसकेको र नेताको बोलीको आधारमा चल्ने राजनीतिक संगठनमा काम गर्न सहज महसुस भएको भन्दै उनले विज्ञप्ति मार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको उल्लेख गरेका छन्। प्रहरी सेवाबाट अवकास पाए लगत्तै उनी राजनीतिमा संलग्न भएका थिए। उनले अब राजनीतिबाट अलग बस्ने घोषणा गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७४ १०:०४ मंगलबार

पूर्व एआइजी राई शक्तिबाट अलग