राजनीति

चुनावपछि प्रचार सामग्री हटाउँदै उम्मेदवार बजगाई

गोरखा- गोरखा १ प्रदेश ‘ख’ का नेपाली कांग्रेसबाट लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन सकिएको भोलिपल्ट (सोमवार) देखि आफ्नो निर्वाचन क्षेत्रमा प्रचार सामग्री हटाउन थालेका छन्। चुनाव प्रचार प्रसारका क्रममा टाँगिएका आफु सँग संम्बन्धित पर्चा, पम्पलेट, पोस्टर, टाँगिएका झण्डा, चुनाब चिन्ह जस्ता सामग्री उनले हटाउन थालेको बताए।

‘कार्यकर्ता परिचालन गरी भिमसेन गाउँपालिकाको घ्याम्पेशालबाट प्रचार सामग्री हटाउने अभियान थालेको छु’ उनले नागरिक सँग भने ‘अन्य ठाउँको पनि सबै हटाउनमा सहयोग गर्न जिल्ला पार्टी र गाउँ समितिलाई अनुरोध गरेको छु ।’ जिल्ला पार्टीको सहयोगमा, गाउँ समिति र कार्यकर्ता परिचालन गरी आफुले आफ्नो निर्वाचन क्षेत्र भित्र टाँगेको प्रचार सामग्री हटाउने अभियानमा लागेको उनले बताए । ‘हामीले पर्यावरण सुधारमा पनि ध्यान दिनुपर्छ, आवस्यक प्रयोजन सकिएपछि त्यसलाई हटाउने दाहित्व र कर्तब्य मेरो भएकाले यो अभियान थालेको हुँ, सबैले यसमा ध्यान दिनु जरुरी छ’ उनले भने।

प्रकाशित: १२ मंसिर २०७४ ०९:४३ मंगलबार

चुनावपछि प्रचार सामग्री हटाउँदै उम्मेदवार बजगाई