राजनीति

उम्मेदवार हत्या गरेर निर्वाचन भाँड्न खोजियो : शेरधन राई

भोजपुर , कात्तिक २९ – पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् प्रदेश सभा भोजपुर क्षेत्र नंम्बर २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका साझा उम्मेदवार  शेरधन राईले आफ्नोे हत्या गरेर निर्वाचन भाड्ने षडयन्त्र भैरहेको बताएका छन् । चुनावी सभाका लागि जाने क्रममा  मंगलबार बिहान पश्चिीमी टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ६ कोटको गुम्बामा राईको गाडीमाथि बम प्रहार भएको थियो ।
घटनापछि बुधवार बिहान भोजपुर सदरमुकामको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरि वाम गठबन्धनले आफ्नो धारणा सार्वजानिक गरेको थिए । वाम गठबन्धनले घटनाको अनुसन्धान गरेर दोषीहरुमाथि कारवाही गर्न उच्च स्तरीय समिति बनाउन सरकारसँग माग गरेको छन् ।

'मेरो हत्या गर्ने उदेश्यले आक्रमण भएको थियाे । घटनामा सामेल भएका दोषीहरुलार्इ पक्राउ गरेर कारबाही गर्न उच्च स्तरीय छानविन समिति बनाउन सरकारसँग माग गर्दछु,' पूर्वमन्त्री रार्इले भने । पत्रकार सम्मेलनमा प्रदेश सभा (क) का उम्मेदवार  राजेन्द्र कुमार राईले सुरक्षा निकायको काम प्रति प्रश्न उठेको बताएका छन् । 


 

प्रकाशित: २९ कार्तिक २०७४ ०६:३० बुधबार

उम्मेदवार हत्या गरेर निर्वाचन भाँड्न खोजियो शेरधन राई