राजनीति

छमछमी नाँचेर भोट माग्दै रवीन्द्र मिश्र

काठमाडौँ – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीका लागि भोट माग्ने नयाँ तरिका अपनाएका छन् । उनले विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागेका छन्। 

सोमबार काठमाडौँको स्युचाटारमा भएको विवेकशील साझा पार्टीको चुनावी कार्यक्रममा नाँच्दै मिश्रले काठमाडौँ क्षेत्र नं ९ का उम्मेद्वार मिलन पाण्डे लगायतका लागि भोट मागेका हुन्।

अबको आशा विवेकशील साझा नारा सहित चुनावी अभियानमा होमिएको विवेकशील साझाको कार्यक्रममा बोल्दै उनले अब देशैभरी तराजुको लहर आएको र केही समय अगाडि संगठन निर्माण भएको भए यसैपाली नै देशको नेतृत्व आफूहरूले गर्न सक्ने स्थिति रहेको बताए । साथै उनले आम नागरिकले विवेकशील साझालाई दिएको सद्भावले देशैभरी लहर आएको कुरा बताए।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले, आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आफू काठमाडौँ क्षेत्र नं ९ मार्फत देश बनाउन उत्रेको बताए । उनले पटक पटक असफल नेतृत्वले उम्मेद्वारी दिँदा नै कांग्रेस अनि एमालेको नयाँ पुस्ताले मौका नपाएकोले आफूले कांग्रेस अनि एमाले भित्रको त्यही पुस्ताको समेत नेतृत्व गरेर नेपाली राजनीतिमा नयाँ उर्जा थपेको बताए। 

प्रकाशित: २७ कार्तिक २०७४ ०९:४४ सोमबार

छमछमी नाँचेर भोट माग्दै रवीन्द्र मिश्र