राजनीति

रुपन्देहीमा कांग्रेसका वागी उम्मेदवारलाई कारबाही

रुपन्हेदी- नेपाली कांग्रेस रुपन्देहीले निर्वाचनका वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाई कारवाही गरेको छ। आसन्न निर्वाचनमा पार्टीको विधान र नीति बिपरित प्रतिनिधि र प्रदेश सभाकालागि बागी तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै ६ जना उम्मेदवार सहित तीनका प्रस्तावक समथकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

 मंसिर २१ म हुने निर्वाचनकालागि प्रदेश र प्रतिनिधि सभामा उम्मेदवारी दिएका र तीनका प्रस्तावक र समर्थकलाइ समेत पार्टीको विधान बमोजिम साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरीएको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए।

 नेपाली कांग्रेस रुपन्देहीले क्षेत्र १ को २ बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका महाधिवेशन प्रतिनिध कृष्ण पौडेल र तीनका प्रस्तावक समर्थक खुमलाल गौतम र निमबहादुर थापालाइ पार्टीबाट निश्कासन गरेको छ। त्यस्तै क्षेत्र ३ को १ बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका ओम कुमार श्रेष्ठ र तीनका प्रस्तावक समर्थक नरायणबहादुर कार्की र राजेश जिसी, ३ को २ बाट प्रदेश सभामा उम्मेदवारी दिएका डोलराज भुसाल, समर्थक प्रस्तावक शन्तकुमार यादव र राम नारायण अहिरलाइ कारबाही स्वरुप पार्टीबाट निश्कासन गरेको छ।श्रेष्ठ काँग्रेस रुपन्देहीका जिल्ला कार्य समिति सदस्य हुन।

 त्यस्तै क्षेत्र न ३ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका अमृत प्रसाद भट्टराई र तीनका प्रस्तावक समर्थक सालिकराम पाण्डे र दिनप्रसाद पाण्डे,क्षेत्र न ४  को प्रदेश सभा २ बाट उम्मेदवारी दिएका बिरेन्द्र कलवार र तीनका समर्थक प्रस्तावक सिताराम पाल र मनोज कुमार कलवार र क्षेत्र न ५ को प्रदेश सभा २ बाट उम्मेदवारी दर्ता गराएका अमेरिका कोहार र तीनका प्रस्तावक समर्थकलाइ पनि कारबाही गर्दै पार्टीबाट निश्कासन गरेको छ । कोहार कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।

 कांग्रेस रुपन्देहीका सभापति तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेको कांग्रेस रुपन्देही सभापती अब्दुल रज्जाकले विधानत: उनीहरु सबैलाई कारबाही स्वरुप पार्टीबाट निश्सकान गरीएको जानकारी दिए।

 

प्रकाशित: २१ कार्तिक २०७४ १४:०५ मंगलबार

रुपन्देहीमा कांग्रेसका वागी उम्मेदवारलाई कारबाही