राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज बिहान साढे ११ बजेका लागि बोलाइएको छ।  

आजको बैठकमा 'राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन' पेश पेश गर्ने कार्यसूची रहेको छ।  

यस्तै बैठकमा राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमा छलफल हुने भने राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रश्ताव पेश गर्ने कार्यसूचि रहेको छ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।  

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: २६ आश्विन २०८० ०३:३४ शुक्रबार

राष्ट्रिय सभा प्रकाश पन्थ अशोक कुमार राई