राजनीति

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले


काठमाडौं— नेकपा एमालेले कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा स्वीकार्य नहुने जनाएको छ। सर्वोच्च अदालतले जारी गरेको आदेशबारे बिहीबार पार्टी स्थायी कमिटी बैठकले छलफल गरी यस्तो निष्कर्ष निकालेको सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘आगामी मंसिरका लागि तय गरिएको निर्वाचन मौसमका कारण पनि पर सार्नु सम्भव र उचित नहुने यथार्थप्रति जोड दिँदै यस्तो अवस्थामा कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा नेकपा एमालेका लागि स्वीकार्य नहुने स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

आगामी निर्वाचन संविधानको कार्यान्वयन र संक्रमणकाललाई टुंग्याउन महत्वपूर्ण रहेको उल्लेख गर्दै एमालेले निर्वाचनको चालू प्रक्रियालाई बिना कुनै अवरोध र विलम्ब निष्कर्षमा पु¥याउन ध्यानाकर्षण गराएको छ।

 

प्रकाशित: ९ कार्तिक २०७४ १३:२६ बिहीबार

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन एमाले