राजनीति

एमाले कोशीको अधिवेशन तयारी पूरा

नेकपा एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनको तयारी पूरा भएको प्रचारप्रसार उपसमिति संयोजक शैलेश लामाले बताए।

लामाका अनुसार कोशी प्रदेशको अधिवेशनमा सहभागि हुन आउने प्रतिनिधि र पर्यवेक्षकका लागि खाने, बस्ने लगायतका आवश्यक व्यवस्थापनका कामहरू सम्पन्न भइसकेका छन्।

कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेशभरीबाट १ हजार ४७ जना प्रतिनिधिहरू विराटनगर आउने छन्। अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू छनोट भइसकेको र मनोनित ५० जना प्रतिनिधि छनौट हुन बाँकी रहेको छ। अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने लामाले बताए।

एमालेको विधान अनुसार कोशी प्रदेशसमितिमा ५ जना पदाधिकारी निर्वाचित हुनेछन्। यस्तै प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट दुई महिलासहित ५ जना सदस्य निर्वाचित हुनेछन्। कोशी प्रदेश अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ।  

प्रकाशित: १० आश्विन २०८० १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App