राजनीति

बलरा नगरपालिकामा राजपाका अभय विजयी

सर्लाही- सर्लाही स्थित बलरा नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका अभय सिंह विजयी भएका छन् । उपमेयरमा पनि सोही पार्टीकी रामसखी देवी कुशवाहा विजयी भएकी छिन् ।

            राजपाका मेयर उम्मेद्वार सिंह ४ हजार ९०५ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दीमा नेपाली कांग्रेसका डा. कमलेश्वर सिन्हाले ४ हजार ३२७ मत मात्र पाए ।

            त्यस्तै उपमेयरमा राजपाकी कुशवाहा ४ हजार ८७१ मत सहित विजयी भईन् भने निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता देवी राजपुत ४ हजार ८३ मत पात्र पाईन् । बलरा नगरपालिका कांग्रेसका चर्चित नेता डा. अमरेशकुमार सिंहको क्षेत्र हो ।

            योसँगै राजपाले सर्लाहीमा ३ स्थानीय तहमा जीत हाँसिल गरेको छ । २० स्थानीय तह रहेको सर्लाहीमा बलरासँगै १० तहको अन्तिम मत परिणाम घोषणा भएको छ ।

प्रकाशित: ६ आश्विन २०७४ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App