प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन्।
उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन्।
भ्रमणमा अब प्रधानमन्त्रीसँग एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दाहाल २९ भदौमा अमेरिका जाँदैछन्।
प्रकाशित: २५ भाद्र २०८० ०९:०५ सोमबार