राजनीति

देउवाले तोके १५ विभागका प्रमुख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भएको झण्डै दुई वर्ष हुन लाग्दा १५ विभागका प्रमुखहरू तोकेका छन् । सभापति देउवाले शुक्रबार राति पार्टीका विभिन्न १५ विभागका प्रमुखहरू तोकेका हुन् । पार्टी विधानको धारा ३७ को १ (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमुखको जिम्मेवारी तोकेका छन् । 

जसमा कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय, पुष्पा भुसाल महिला, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार, किरण यादव तराई—मधेश समन्वय, योगेन्द्र चौधरी थारु, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पा पर्यटन, रणबहादुर रावल गैर सरकारी संस्था समन्वय र दिलमान पाख्रिन आदिवासी जनजाति विभाग प्रमुख तोकिएको छ । त्यस्तै, प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाही पिछडिएको क्षेत्र, गुरु बराल आपूर्ति तथा उपभोक्ता, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखको जिम्मेवारी तोकेका हुन् ।

प्रकाशित: १५ भाद्र २०८० १६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App