राजनीति

‘विद्यमान ऐन, कानुन विकासका बाधक’

प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत ऐन, कानुन र परम्पराले देशको विकास हुन नसक्ने बताएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले परम्परागत ऐन, कानुन र परम्पराका कारण सरकारका मन्त्री, सचिव र कर्मचारीहरू निर्णय गर्नै डराउने अवस्था रहेको बताएका हुन्।  

‘विकासको जस्तो मोडेल र परम्परा अपनाएका छौं, हामी कहिलेकाहीँ हाम्रै ऐन, कानुन र परम्पराको डोरीमा बाँधिएका छौं,’ उनले भने, ‘यहाँ प्रक्रियाको कुरा असाध्यै बढी जान्छ। प्रक्रियागत काममा फस्छौं हामी। यसैले हामी परिणाम दिन सक्दैनौं।’

निजी क्षेत्रलाई र विदेशी पुँजीलाई आकर्षक ढंगले सुविधा नदिने र विश्वासमा नलिने हो भने देशको विकास हुन नसक्ने जनाउँदै प्रधानमन्त्री दाहालले भने, ‘हाम्रा ऐन, कानुन र परम्पराले देशलाई विकास हुन दिँदैन। जसरी भए पनि बरु परिणाम नआए नआओस् कामचाहिँ परम्पराभन्दा बाहिर गएर गर्नुहुँदैन भन्ने खालको छ।’ प्रधानमन्त्री दाहालले विकासको मोडेल र बजेट विनियोजनको विद्यमान परम्परालाई आगामी आर्थिक वर्षदेखि तोडिने पनि बताए।

प्रकाशित: १२ भाद्र २०८० ०१:२९ मंगलबार

‘विद्यमान ऐन कानुन विकासका बाधक’