राजनीति

भरतपुरमा रेणु दाहाल १ सय ५६ मतले अगाडि

चितवन-  भरतपुर महानरपालिका वडा नं. २० को २८ सय  मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन्। २० नम्बर वडाको २८ सय मत गन्दा १ सय ५६ मतले दाहाल अगाडि छन्।

देवी ज्ञवालीले ४२ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् भने रेणु दाहाल ४२ हजार ९ सय १३ मत प्राप्त गरेकी छन्।

यस्तै उपप्रमुखमा कांग्रेसकी पार्वति शाहले ४६ हजार ९ सय ६६ र एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ३ सय ७७ मत प्राप्त गरेकी छन्।

वडा नं. २० मा तीन हजार ३०२ मत खसेको छ। सो वडा नेपाली काँग्रेसको राम्रो मतआधार भएको वडा हो । एमालेको संगठन कमजोर रहेको छ ।

   पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा बैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मत गणना सकिएर १९ नम्बरको गणना भइ रहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । जसका कारण भरतपुर १९ मा हिजो शुक्रबार दोहराएर मतदान भएको थियो । १९ को च्यातिएपछि गन्न बाँकी २० नम्बर वडाको पनि गणना भएको थिएन ।

प्रकाशित: २१ श्रावण २०७४ १४:१४ शनिबार

भरतपुरमा रेणु दाहाल ५६ मतले अगाडि