राजनीति

सांसद शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु पर्दैनः काँग्रेस

फाइल तस्बिर

सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएका छन्।

आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाएको बैठकपछि बोल्दै काँग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकोले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा काँग्रेस रहेको बताइन्।

उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीइ नभएकाले हटाउनु नपर्ने बताएको जानकारी दिइन्। सांसद शर्माले सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको उनले बताइन्।

उनले भनिन्, ‘हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनिल शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो की होइन? त्यो लिगल हो की होइन भन्ने कुरामा छलफल गरेको छौँ। प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नुभयो, लामो समयसम्म त सदन अवरुद्ध गर्नु हुँदैन, सुनलि शर्माजीको रेकर्ड पनि हटाउनुपर्छ जस्तो लाग्दैन भन्नुभयो। समिति सभापतिहरुको चयन चाँडो गर्नुपर्ने, सकेसम्म चाँडो निकास निकाल्न प्रयास गरिरहेको भन्नुभयो। संसदलाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो। शर्माले यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न रहेछ। त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली काँग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन। माओवादीले आज कुनै कुरा राखेन।’

प्रकाशित: ३ भाद्र २०८० ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App