राजनीति

मोरङमा १२ हजार नयाँ मतदाता थप

उर्लाबारी – मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। 

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म छ हजार २८९ महिला, छ हजार छ सय पुरुष र एक तेस्रो लिङ्गीको नाम थप भएको छ। 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रित गरेर तस्बिरसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो । 

यही साउन १ गतेदेखि विराटनगर महानगरपालिकासहित जहदा, कानेपोखरी, मिक्लाजुङ र धनपालथान गाउँपालिका तथा पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा मतदाता नामावली संकलन थालिएको छ । बाँकी स्थानीय तहमा भने सोमबारदेखि साउन मसान्तसम्म मतदाता नामावली संकलन गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । रासस 

प्रकाशित: १५ श्रावण २०७४ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App