विराटनगर— मोरङमा काँग्रेसले अग्रता कायम गरेको छ। पछिल्लो प्रारम्भिक मत परिणम अनुसार मोरङका १७ स्थानिय तह मध्ये का“ग्रेसले १२ स्थानमा अग्रता कायम गर्न सफल भएको हो।
काँग्रेसले उर्लाबारी, बेलबारी, रंगेली, रतुवामाई, सुनवर्षी र सुन्दरहरैंचा नगरपालिकामा अग्रता कायम गरेको छ। यस्तै कटहरी, कानेपोखरी, केराबारी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि का“ग्रेसनै अगाडि देखिएको छ।
यस्तै एमालेले पथरीशनिश्चरे,लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र धनपालथान गाउँपालिकामा अग्रता लिएको छ। लोकतान्त्रिक फोरमले भने ग्रामथान गाउँपालिकामा मात्रै अग्रता लिएको छ।
विराटनगर महानगरपालिकाको मेयरमा २ हजार ७०, उपमेयरमा १ हजार ७ सय ४७ मतकासाथ नेपाली काँग्रेसले अग्रता लिएको छ । एमालेले मेयरमा १ हजार ४ सय ६२ र फोरम लोकतान्त्रीकले उपमेयरमा ८ सय ५० मतले काँग्रेसलाई पछ्याइरहेको छ।
प्रकाशित: १७ असार २०७४ ०८:२० शनिबार