राजनीति

राप्रपाले भन्यो: २१ दिन भित्र घर खाली गर्छौ

तस्बिर: प्रसन गरुङ/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २१ दिन भित्र आफ्नो पार्टी कार्यालय खाली गर्ने बताएको छ।

सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सूचना जारी गर्दै २१ दिन भित्र घर खाली गर्ने बताएका हो।

काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएको भन्दै भत्काउन निर्देशन दिएको थियो। महानगरले तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भएपनि राप्रपाले भवन खाली गराएको थिएन।

राप्रपाको कार्यालय खाली गराउन आज महानगरको टोली डोजरसहित हाँडी गाउँ पुगेका थिए। यता राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कार तेर्स्याइएर बाटो बन्द गरेका थिए।

त्यस प्रश्चात सोमबारै राप्रपा एक सूचना जारी गर्दै २१ दिन भित्र घर खाली गर्ने बताएको हो। 

'महानगरपालिकाको सूचना बमोजिम घर खालि गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिन भित्र घर खालि गरी महानगरपालिकालाई जानकारी गराउने ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु' पार्टी मुख्य सचिव केदार बहादुर अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १५ श्रावण २०८० १५:०३ सोमबार

राप्रपाले