प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।
खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ पछि दाहाल र एन्टोनियोबीच भेटवार्ता भएको हो।
भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे छलफल भएको छ।
प्रकाशित: ८ श्रावण २०८० १२:२४ सोमबार