राजनीति

मोरङ र दाङमा काँग्रेसका को-को उम्मेदवार?

काठमाडौं– नेपाली कांगेसले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर दुई बाहेक अन्य प्रदेशको उम्मेदवार टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पछिल्लो दिन लागातार भएका कार्यसम्पादन समितिको बैठकले प्रदेश नम्बर एक, पाँच र सातको उम्मेदवार टुंगो लगाएको हो। 

कार्यसम्पादन समितिको बुधबार बिहान बसेको बैठकले मोरङ र दाङको उम्मेदवार टुंगो लगाएसँगै अब प्रदेश नम्बर दुई को मात्र उम्मेदवार छान्न बाँकी रहेको हो। प्रदेश नम्बर दुईबाट पार्टीको तर्फबाट उम्मेदवार बनाउने नेताहरुको विषयमा पनि एक चरण छलफल सकिएपनि बिहीबार बिहान ११ बजे पुनः बस्ने बैठकले क्रमश नाम टुंगो लगाउँदै जाने कांग्रेस नेताहरुले जनाएका छन् ।

कार्यसम्पदान समितिको बुधबार बिहान बसेको बैठकले विराटनगर महानागरपालिकामा भीम पराजुलीलाई प्रमुख र इन्दीरा कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएकोछ। त्यस्तै, सुन्दर हरैचा नगरपालिकामा शीव प्रसाद ढकाल, विन्दा दाहाल थापा, रंगेली नगरपालिकामा मोदराज घिमिरे र राधिका देवी मण्डल, पथरी सनिश्चरे नगरपालिकामा गणेश कुमार खड्का र प्रेमला राई, रतुवा माईमा रविन राई र फुलवती गोडीलाई उम्मेदवार बनाएको छ।

त्यस्तै,धनपालथान गाउँपालिकामा हरिलाल सिंह र नसिमा वानु, ग्रामथानमा कृष्णकुमार शरदार थारु र जैमाला शरदार थारु, कटहरीमा रामकुमार कामत र मन्जीता शरदार, बुढीगंगामा जितनारायण थामा मगर र गेनावती देवी चौधरीलाई अघि सारेको छ ।

त्यस्तै, कांग्रेसले दाङको घोराईमा  भुप बहादुर डाँगी र पुष्पा श्रेष्ठ, तुलसीपुरमा गेहेन्द्र गिरी र देवीका नेपाली रेग्मी, लमहिमा जोगराज चौधरी र देवका बेलवासेलाई उम्मेदवार बनाएको छ ।

राजपुरमा लोकराज केसी र धनपती यादव, गडवामा श्रीपत चौधरी र शकुन्तला डिसी, राप्तीमा नुमानन्द सुवेदी र जगदम्वा चौधरी, वंगलाचुरी भेषराज खत्री र निर्मला खनाललाई उम्मेदवार बनाएको छ ।  

प्रकाशित: ३१ जेष्ठ २०७४ १२:४९ बुधबार

मोरङ दाङमा काँग्रेसका को-को उम्मेदवार