राजनीति

स्थलमार्गबाट घर फर्केका जर्मन राजदूतले ११ हजार किलोमिटर यात्रा तय गर्ने

स्थलमार्गबाट घर फर्किन लागेका जर्मनी राजदूत माथियस मायर (दायाँ)

भीमदत्तनदगर—आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन्।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुगेका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए।

गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उनले सुनाए। आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताए। उनले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताए।

'मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ', राजदूतको तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किदै मायरले भने, 'त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ। सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने?'

उनी आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन्। भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उनले बताए। नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उनले बचन दिए। रासस

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App