राजनीति

काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

शहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छिन।

जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले यस्तो कुरा बताएकी हुन। उनले काठमाडौं उपत्यका घरै–घरको मात्रै शहर भएको बताइन। मन्त्री गुरुङलेराज्यको स्पष्ट शहरको स्वरूप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौ उपत्यकामा घरै मात्रै भएको धारणा राखिन। मन्त्री गुरुङले काठमाडौं उपत्यका ठूलो शहर नभएको,गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी,साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरू भएको शहरका रुपमा स्थापित भएको बताइन।

उनले यसरी बनेका घरहरू राज्यले शहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताइन। उनले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन। उनले काठमाडौं उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्ने गरी सरकार लागि परेको जानकारी दिइन। मन्त्री गुरुङले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा शहर बनाउने कार्यको थालनी पनि गरेको बताइन।उनले शहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने बताइन। उनले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको धारणा राखिन।

उनले खोला किनारका अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन  स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्ने बताइन। मन्त्री गुरुङले शहरको फोहोर मैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै शहरहरुमा अहिले जटिल समस्या भनेको फोहोर मैला व्यवस्थापन भएको बताइन। उनले काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घ कालिन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने धारणा राखिन। 

प्रकाशित: २६ असार २०८० १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App