राजनीति

प्रधानमन्त्रीमा नैतिकता जीवित भए राजीनामा दिनुपर्छ: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष  राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीमा नैतिकता जीवीत भए राजिनामा दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद लिङ्देनले नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहालले राजिनामा दिनुपर्ने बताए।

उनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।’

प्रकाशित: २५ असार २०८० १०:५९ सोमबार

अध्यक्ष राजेन्द्र लिङ्देन