राजनीति

भरतपुरमा रेणु दाहाल २ हजार ३ सय मतले पछि परिन्, गणना भएका १२ मध्ये ८ वडामा एमाले विजयी

एमालेका मेयर प्रत्यासी ज्ञवाली र माओवादीकी दाहाल

काठमाडौं—भरतपुर महानगरपालिकामा जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीले मतअन्तर बढाएका छन्। वडा नं.११ को वडा अध्यक्ष जित्दै एमालेले मेयरमा माओवादी केन्द्रकी उम्मेदवारभन्दा २ हजार ३८७ मतको अग्रता लिएका हुन्।

एमालेका देवी ज्ञवाली २२ हजार १४४ मतका साथ अगाडि छन्। माओवादी केन्द्रकी रेणु दाहाल १९ हजार ६७१ मतसहित उनलाई पछ्‌याइरहेकी छन्।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ। भरतपुरमा काँग्रेस बलियो अवस्थामा रहेका कारण काँग्रेसलाई जाने आधाभन्दा केही बढी मत रेणु दाहाललाई आए उनले चुनाव जित्ने आँकलन छ।

उपमेयरमा काँग्रेसकी पार्वती शाह २२ हजार ६१० मतका साथ अगाडि छिन्। उनलाई एमालेकी दिव्य शर्माले १९ हजार ६७१ मत ल्याएर पछ्‌याइरहेकी छिन्। २९ वडा भएको भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ९०७ मत खसेको थियो।

भरतपुरमा अहिलेसम्म १२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। १२ मध्ये एमाले ८ वटामा विजय भएको छ भने काँग्रेसले ४ वडा जितेको छ। कूल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा १२ वटा वडाको मत परिणाम घोषणा भएको छ। भरतपुरका वडा नम्बर १०, ११ र १२ एमालेको राम्रो मत भएका वडाहरु मानिन्छन्।

नेकपा (एमाले)ले वडा नं. २, ४, ५, ७, ९ , १०, ११ र २९ गरी ७ वटा वडामा वडाध्यक्ष जितेको छ। नेपाली काँग्रेसका उम्मेद्वारले १, ३, ६ र ८ नम्बर वडामा वडाध्यक्ष जितेका छन्। अहिलेसम्म वडाध्यक्षमा माओवादी उम्मेद्वार वडा नं. ६ मा दोस्रो र अरु वडाहरुमा तेस्रो स्थानमा छ।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ। भरतपुरमा काँग्रेस बलियो अवस्थामा रहेका कारण काँग्रेसलाई जाने आधाभन्दा केही बढी मत रेणु दाहाललाई आए उनले चुनाव जित्ने आँकलन छ।

भरतपुरमा कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेदवारको उम्मेदवारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: ८ जेष्ठ २०७४ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App