राजनीति

कांग्रेसको विजय जुलुशमा सहभागी एक युवकको मृत्यु

दाङ— सल्यानमा बुधवार कांग्रेसको बिजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ। सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसको बिजय जुलुसमा सहभागी २२ बर्षिय खिमवहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए।

जुलुसमा सहभागी भैरहेका त्रिवेणी ९ का खत्री दिउँसो दुईबजेतिर लुहाम बजार काभ्रा रोडमा एक्कासि बेहोस भएर लडेका थिए। उपचारका लागि जिल्ला अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। उनको मृत्युको कारण खुल्न सकेको छैन।

त्रिवेणी गाउँपालिकामा कांग्रेसले चुनाव जितेपछि बुधवार त्यहाँ विजय जुलुस निकालिएको थियो।  

 

प्रकाशित: ३ जेष्ठ २०७४ ११:२४ बुधबार

कांग्रेसको विजय जुलुशमा सहभागी युवकको मृत्यु