राजनीति

धादिङको सिद्धलेकमा एमालेका प्रेमनाथ सिलवाल विजयी

धादिङ – धादिङको सिद्धलेक गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिवाल विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री अर्याललाई पछि पार्दै सिवाल गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । सिलवालले ५ हजार ६ सय ७ मत ल्याएका छन् भने अर्यालले ३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन्। 

सिलवाल २०५४ का तत्कालित गाविस अध्यक्ष हुन् । १९ वर्ष स्थायी शिक्षक भएर सरकारी सेवामा रहेका सिलवाल जिल्ला अस्पताल धादिङ सहयोग समितिका निवर्तमान अध्यक्ष हुन् । पछिल्लो समय नेकपा एमाले धादिङको कार्यालय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उपाध्यक्षमा नेकपा एमालेकै कमला शर्मा ५ हजार ५ सय ४४ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी सिलवालले ३ हजार ८ सय ६५ मत प्रप्त गरेकी छन् । सिद्धालेकको ७ वडा मध्ये ५ नं. वडा बाहेक सबै वडामा सिलवालको प्यानल नै विजयी भएका छन्। 

सिद्धलेक गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर सिलवाल, वडा नं २ मा कमलबहादुर गुरुङ, ३ मा देवबहादुर पुलामी, ४ मा एमालेका रामहरी बराकोटी विजयी भएका छन् । त्यस्तै वडा नं ६ मा एमालेका टिकाप्रसाद थपलिया, वडा नं ७ मा एमालेका लक्ष्मण खतिवडा विजयी भएका छन् । सिद्धालेक वडा नं ५ मा भने नेपाली काँग्रेसका प्रकाश घले विजयी भएका छन्। 

 

प्रकाशित: ३ जेष्ठ २०७४ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App